Logo

तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडे कोहलपुरबाट पक्राउ



बाँके, ११, कार्तिक । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। तिहारमा ठूला जुवाडे बढी सक्रिय हुने भएकाले त्यसविरुद्ध अभियान चलाइएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्