थाइल्यान्डका राजाले रानीको पद खोसेको एक हप्तामै चारजना दरबारका अधिकारीलाई निष्काशन गरेका छन् । मंगलबार उनीहरुलाई निष्काशन गरिएको घोषणा गरिएको हो ।
गलत गतिविधि र व्यभिचारीको आरोप लगाउँदै दुईजना बेडरुम गार्ड निष्काशित भएका छन् । दुई सैनिक अधिकृतहरुले पद अनुसारको आचरण नगरेको र आफ्नो काममा बेपरहवा गरेको भनिएको छ । चारै जना आफ्नो उपाधि र स्तरबाट समेत बर्खास्त भएका छन् ।
गत हप्ता रानी सिनिनाट वोगभाजिरापाक्डीको रानी पद खोसिएको थियो । उनीमाथि दरबारविरुद्धको गतिविधि गरेको आरोप लगाइएको थियो । रानीको पद खोसिंदा छ जना दरबारका अधिकृतहरु समेत हटाइएका थिए ।
-एजेन्सी