काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली भोलिमात्रै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । नियमित स्वास्थ्यजाँचको लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा आज विहान भर्ना भएका प्रधानमन्त्री ओलीलाई भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्ने प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । रिमालले आफ्नो फेशबुकमा अस्पतालको नाममा जारी गरिएको विज्ञप्ती सार्वजनिक गर्दै उनले भोलिसम्म प्रधानमन्त्री डिस्चार्ज हुने जनाएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ । अझैपनि आवश्यक स्वास्थ्य परीक्षण गर्न बाँकी नै रहेको पनि अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डे र प्रा.डा. दिव्यासिंह शाहको नाममा जारी विज्ञप्तीमा भनिएको छ ।