Logo

कांग्रेसले उपनिर्वाचनको लागि आइतबार उम्मेद्धवार तय गर्ने



काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार पदाधिकारी बैठक बसेर उम्मेद्धवार तयबारे निर्णय लिने भएको छ ।

कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार हिजो (बिहीबार) सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठकले पार्टीको जागरण अभियानमा खटेका प्रतिनिधि नेताहरूसँग उमेदवारबारे छलफल गरेको थियो । सो छलफलमा जागरण अभियानमा खटिएका प्रतिनिधिहरूले भने रिक्त स्थानमा उमेदवार तोक्दा स्थानीय स्तरमा लोकप्रियतालाई ध्यान दिन पार्टी नेतृत्वलाई सुझाएका छन् । स्रोतकाअनुसार उपनिर्वाचनमा कसलाई उमेदवार बनाउने भन्नेबारे शीर्ष नेताहरुको तहमा छलफल जारी छ ।



प्रतिक्रिया दिनुहोस्