Logo

“बादशाह जुट” को एकल राज !



अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र “बादशाह जुट” ले एकल रिलिजको मौका पाएको छ । वर्षमा सयभन्दा बढी चलचित्र रिलिज हुने र प्रत्येक हप्ताको शुक्रबार दुईभन्दा बढी चलचित्र प्रदर्शन हुँदै आएको बेला “बादशाह जुट” ले एकल रिलिज हुने दुर्लभ संयोग पाएको हो ।

बक्सअफिसमा यो चलचित्रसँग भिड्न अन्य कुनै चलचित्र छैन । तर दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र “छ माया छपक्कै” र अघिल्लो हप्ता प्रदर्शनमा आएको चलचित्र “पोइ पर्यो काले” ले हल कब्जा गरेका छन् । यी चलचित्रहरु अझै हलहरुमा दर्शकको आँखामा बसेको छ ।

एकलै रिलिज भएपनि चलचित्रले मल्टिप्लेक्समा अत्यन्त न्यूज सोज पाएको छ । यस्तोबेला चलचित्रको “वर्ड अफ माउथ” बलियो भए मात्र चलचित्रले नाफाको व्यापार गर्न सक्छ । जोनी सिंह राणा निर्देशित चलचित्रले आफूलाई बादशाह सम्झने एक पत्रकार र एक पुलिस अफिसरको कथा वाचन गरेको छ ।

चलचित्रमा सुशील र आमिरका अलावा रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाजरकोशिश क्षेत्रीको संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन चलचित्रमा रहेको छ । चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी छ । File Photo



प्रतिक्रिया दिनुहोस्