Logo

आज छठको मुख्य दिन



काठमाडौं, कार्तिक १६ । आज छठ पर्वको तेस्रो अर्थात महत्वपूर्ण दिन । आज देशभरका नदि, तलाउ, पोखरी लगायतका स्थानमा सूर्यको आराधना, उपासना र पूजा तथा अर्ध दिनेको बाक्लो भिड रहेको छ ।
काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छाएको छ ।कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खायर आज ब्रत बस्ने चलन रहदै आएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न गरि भोजन गर्ने चलन रहदै आएको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।



प्रतिक्रिया दिनुहोस्