काठमाडौ,कार्तिक १७ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड शुल्क हटाएको छ । प्राधिकरणको शनिबार बसेको सञ्चालक समिति बैठकले शुल्क हटाउने निर्णय गर्दै नयाँ शुल्क स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पठाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
चरम लोडसेडिङको अवस्थामा उद्योगलाई निरन्तर विद्युत् दिन प्राधिकरणले करिब ६५ प्रतिशत बढी शुल्क लिएर छुट्टै प्रसारण लाइनमार्फत विद्युत् दिँदै आएको थियो । प्राधिकरणले २०७३ मा विद्युत् महसुल संकलन विनियमावली बनाएर लागू गरेको थियो ।
लोडसेडिङ अन्त्य भएपछि पनि पहिलाको महँगो शुल्क लिन आवश्यक नरहेको भन्दै शुल्क हटाउने निर्णय भएको सञ्चालक समितिका ती सदस्यले जानकारी दिएको आजको कान्तीपुर दैनिकमा खवर छ ।