Logo

लगानी फिर्ता लैजान कोरियालीको अटेरी



काठमाडौं, कार्तिक १८ । नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध गरिए पनि लगानीकर्ताहरूले अटेरी गरेका छन् । विदेशी लगानीका लागि स्वीकृति दिने सरकारी निकाय उद्योग विभागले तीन पटक ताकेतापत्र काटिसक्दा पनि कोरियाली लगानीका व्यवसाय बन्द भएका छैनन् ।

विभागले अन्तिम ताकेतापत्र काटी समय दिएको बिहीबार अन्तिम दिन हो । तर, कुनै पनि व्यवसाय बन्द गरेको जानकारी विभागलाई आएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली गतसाता असंग्लन राष्ट्रहरूको सम्मेलनमा अजरबैजानको बाकु जाँदा उत्तर कोरियाली अधिकारीहरूले भेट गरी यस विषयमा चासो देखाएका थिए ।

विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले व्यवसायीहरूलाई सम्बद्ध व्यवसाय बन्द गरेको जानकारी गराउन पटकपटक ताकेता गर्दा पनि कुनै व्यवसाय बन्द भएको जानकारी नआएको बताए ।आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्