Logo

बुर्ज खलिफाले शाहरुख खानलाई दियो जन्मदिनको प्रज्ज्वलित सन्देश



शाहरुख खान अर्थात् किंग खानको ५४ औ जन्म दिनको अवसरमा विश्वकै सबै भन्दा ठुलो दुबईको आइकॉनिक टावर बुर्ज खलिफाले जन्म दिनको सन्देशको साथ भवनलाई प्रज्ज्वलित गरेको थियो ।

सन्देशमा हेपी बर्थडे किङ्ग खान भनेर लेखिएको प्रकाश टावसमा प्रज्वलित पारिएको थियो। जन्मदिनको शुभकामना भवनको प्रसिद्ध प्रकाश र फाउन्टेन शोसँगै गरेको थियो । प्रज्ववलन हुँदा ओम शान्ति ओम चलचित्रका संगीतको धुन समेत पृष्ठभूमिमा बजिरहेको थियो ।

किंग खान दुबई पर्यटनको ब्रान्ड राजदूत पनि हुन् ।उनले यो भिडियो हेर्दै दुबईवासी र टावरलाई धन्यबाद दिए । उनले टावर र दुबईवासीप्रतिको धन्यवाद आफ्नो ट्वीटर मार्फत सार्बजनिक गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्