Logo

चितुवाबाट जोगिन पूजा: दर्जन बोकाको बलि



काठमाडौं २० कार्तिक । सबै उपाय लगाउँदा पनि संकट नटरे मानिस भन्छन–‘भगवान सम्झनू ।’ भानुनगरका सोमबार त्यसै गरे । ठूलो संख्यामा भेला भएर उनीहरुले कालिकादेवी र भीमसेन थम्की मन्दिरमा पूजाआजा गरे । चितुवानको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि दिए ।

देवी रिसाएकाले चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालिकादेवी मन्दिरमा पूजा लगाएका हुन ।

‘देवी रिसाएर पो हो कि भनेर खुशी पार्न पूजा गरेका हौं’, सीता अधिकारीले भनिन्, ‘जोगिने सबै उपाय लगाए पनि हामीले देवता सम्झनै पर्छ । त्यो पो छुट्यो कि भन्ने भएर पूजामा जुटेका हौं ।’ ती वडामा दुई बर्षयता चितुवाको आक्रमणमा ६ बालबालिकाको मृत्यु भइसकेको छ । -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्