Logo

गिरिजाप्रसाद कोइरालाः कालापानीबारे भारतसँग दरिलोसँग विषय उठाउने प्रधानमन्त्री



रिपोर्टर्स नेपाल, २३ कात्तिक । कालापानीमा भारतीय सेना रहेको छ । चीनसँग सीमायुद्ध गर्दा भारतले कालापानीमा सेना राख्यो । त्यतिबेला नेपाली पक्षले भारतलाई चिढ्याउन चाहेन । तत्कालिन राजा महेन्द्रले युद्धभर मतलब गरेनन् ।

महेन्द्रले त्यसपछि मौनता नसाँधेको बताउँछन् पूर्व परराष्ट्रमन्त्री समेत रहेका कुटनीतिज्ञ मामलाका जानका डा. भेषबहादुर थापा । थापाका अनुसार चीनसँगको युद्धमा कालापानीमा भारतीय सेना बस्यो त्यसपछि फर्किएन ।

कालापानीमा भारतीय सेना बसेपछि फिर्ता जान कुटनीतिक पहल नभएको होइन । पञ्चायतकालमा राजा महेन्द्रले बारम्बार पहल गरे । तर, उनी सफल भएनन् । त्यसपछि राजा वीरेन्द्रको पालामा पनि पहल भयो ।

बहुदलीय व्यवस्था आएपछि २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले कालापानीका विषयमा भारतीय पक्षसँग कुटनीतिक माध्यमले कुरा राखे । कोइराला सबैभन्दा बढी कालापानीको विषयमा दरिलोसँग कुरा उठाउन प्रधानमन्त्री भएको बताउँछन् भारतका लागि नेपालका राजदूतको लामो अनुभव सँगालेका डा. भेषबहादुर थापा । उनले भने, ‘कालापानीको विषयमा गिरिजाप्रसाद कोइरालाको पालामा सबैभन्दा धेरै कुरा उठेको हो ।’

कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सचिवस्तरमा त्यसबारे वार्चा गर्ने भनेर स्टेटमेन्ट नै आएको बताउँछन् थापा । उनले भने, ‘गिरिजाबाबुको पालाको स्टेटमेन्टमा कालापानीबारे परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने भनेर निष्कर्षमा पुगेको छ ।’ कोइरालाले देशभित्र सडकमा निकै आलोचना खेप्थे तर विषयको उठान सही ठाउँमा गर्थे । उनले कालापानीको विषय भारतीय पक्षसँग उठाउन छाडेनन् ।

भारतसँग कालापानीका सवालमा गिरिजाबाबु, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले पनि दरिलो ढंगले कुरा उठाउएको बताउँछन् डा. थापा । नेपाली नेताहरुले विषय उठाएपनि त्यसको समाधान निस्कन सकेन ।

देशमा अहिले यस्को पालामा र यस्ले गर्दा कालापानीमा भारतीय सेना बस्यो भनिएपनि दोष थोपरेर उम्कने शैली देखिएको छ । यो समस्याको हल ननिस्केको सत्य हो । तर, नेपाली पक्षले पनि कुटनीतिक सामथ्र्यता देखाउन सकेन जसले कालापानी समस्याको हल होस् ।

अझै पनि नेताहरुमा एकले अर्कालाई अराष्ट्रवादी देखाउने र दोष थोपर्ने शैली गएको छैन । देशको भूमी जोगाउने सवालमा दोषरोपण भन्दा पनि सुझबुझसाथ एकतावद्ध भएर कुटनीतिक र राजनीतिक माध्यमले समस्याको हल खोजिनुपर्छ । सीमा जस्तो संवेदनशील विषयमा जनतालाई भ्रम छर्ने राजनीतिक पाखण्डपन प्रदर्शन गर्नु हुँदैन । सम्बन्धित देशसँग कुटनीतिक र राजनीतिक पहल गर्नसक्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्