Logo

काली नदीको मुहान नै सीमा



काठमाडौं, कात्तिक २६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल–भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवारको बैठकले स्थायी सुरक्षा क्याम्प खडा गरेर सीमा सुरक्षा गर्नसमेत भनेको छ ।
लिम्पियाधुरासमेत समेटेर बनाइएको नक्सालाई नेपालको शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने भन्दै समितिले काली नदी (महाकाली) लाई सीमा मानेर त्यसको पूर्वतर्फको भाग पर्ने गरी नक्सा बनाउन सुझाव दिएको हो ।भारतले नोभेम्बर १ मा सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत समावेश गरेको बारे सरकारको धारणा बुझ्न र निर्देशन दिन समितिको बैठक बसेको हो ।
बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्धानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, भूमिसुधार गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालसमेत सहभागी थिए । भारतले नेपालको भूमि मिचेर सार्वभौममाथि हस्तक्षेप गरेको भन्दै समितिले समाधानका लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा ऋषिराज पौड्यालले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्