Logo

भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब



काठमाडौं, कात्तिक २६ । सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रबाटै दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
पार्टी एकतको काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर आएको भन्दै यसलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा दुर्गा खनालले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्