Logo

महासंघ अध्यक्षकै ठेक्का अलपत्र



म्याग्दी, कार्तिक २८ । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह र उपमहासचिव नरहरि थपलियाले ठेक्का लिएको बेनी अस्पतालको भवन निर्माण अलपत्र परेको छ । तीनतले ५० शय्याको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो ।

साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङले ०७३ पुस २१ मा महादेव खिम्तीरगल्वाररफिना जेभी काठमाडौंलाई १८ करोड ९० लाख रुपैयाँमा भवन निर्माणको ठेक्का दिएको थियो । निर्माणस्थलमा राखिएको आयोजनाको विवरण बोर्डमा भवन निर्माण गरिसक्नुपर्ने मिति ‘०७६ मंसिर २०’ लेखिएको छ । कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्