Logo

रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने



काठमाडौं, २८ कार्तिक । इङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने भएका छन् ।इङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्वको खेलमा रहिम स्टर्लिङलाई समावेस नगराउने निर्णय गरेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताए ।

इङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसँग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिममा सहभागी नगराएको जनाएको छ । २४ वर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसँग विवाद गरेका थिए ।

उक्त खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । बिहिबार हुने खेलमा जित हासिल गरेमा इङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ ।
युरो छनोट अन्तर्गत समूह ‘ए’मा इङ्ल्याण्ड शीर्ष स्थानमा छ ।

उसले दोस्रो स्थानको चेक रिपब्लिकसँग तीन अंकको अग्रता लिएको छ । इङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।(एजेन्सी)



प्रतिक्रिया दिनुहोस्