गौर, कार्तिक ३० । निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाएको हो। उनलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए।
मुद्दामा वादीका तर्फबाट १२ र प्रतिवादी आलमका तर्फबाट २८ कानुन व्यवसायीले बहस गरेका थिए। १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा उनलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। आजको अन्नपूर्ण पोस्टमा खवर छ ।