काठमाडौं, २ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह फेरि चर्चामा आएका छन् । यसपटक उनी कुनै भाषणका कारण नभई नाँचेका कारण चर्चामा आएका हुन् ।
७० कटेका पूर्व राजा शाह आजकाल नाँचगानमा रमाउन थालेका छन् । उनको नाँचगानको भिडियोको संकलन बनाएर नातिनी पूर्णिका शाहले फेसबुकमा राखेकी छिन् ।
भिडियोमा रातो र चन्द्र सूर्य गीत समेत राखिएको छ । जसमा राजपरिवारका अन्य सदस्य पनि नाँचेको देखाइएको छ । पूर्व युवराज्ञी हिमानी शाह समेत नाँचेको भिडियोमा राखिएको छ ।
रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो। जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।। ????
Posted by Purnika Shah on Sunday, 17 November 2019