Logo

केपी ओलीले नाकाबन्दी गर्न लगाएको कांग्रेसको आरोप



सिन्धुपाल्चोक, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्नका लागि भारतलाई नाकाबन्दी लगाउन लगाएको आरोप लगाएका छन् । संविधान जारी भएलगत्तै कांग्रेसलाई थप मजबुद् हुनबाट रोक्ने रणनीतिअन्तर्गत् नाकाबन्दी लगाउन लगाएको उनको आरोप छ ।

सोमबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँगालिका वडा नम्बर–२ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । बस्नेतले साँच्चिकै राष्ट्रवादी हो भने भारतीय प्रधानमन्त्रीसँग औपचारिक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।



प्रतिक्रिया दिनुहोस्