Logo

जहाँ कन्याकुमारीलाई पार्वतीको रुपमा पूजा गरिन्छ



हिन्दुहरुको पवित्र तीर्थस्थल कन्याकुमारी मन्दिर भारतको तमिलनाडु राज्यको कन्याकुमारी शहरबमे समुन्द्र किनारमा अवस्थित छ । त्यस मन्दिरलाई अम्मन मन्दिरको नामले पनि चिनिने गर्छ । मन्दिरमा माता भगवतीको पूजा एक कुमारी कन्याको रुपमा गर्ने गरिन्छ । यीनलाई पार्वतीको अवतार पनि मान्छि ।
कन्याकुमारी मन्दिर हिन्दु पौराणिक कथामा अनुसार १०८ शक्तिपीठ मध्ये एक हो । मन्दिरको निर्माण आठौँ शताब्दीमा पाण्ड्य शासकद्वारा गरिएको थियो । पछि विजयनगर, चोल र नायक राजाले जीर्णोंद्धार गरेका थिए । मन्दिरमा १०८ सदीका पवित्र स्थान पनि रहेको छ । जहाँ पर्यटक देवीको पाउँको चिन्ह पनि देख्न सकिन्छ । मन्दिर एकता र पवित्रताको प्रतिक पनि हो ।

भक्तगण मन्दिरमा प्रवेश गर्नु भन्दा पहिले त्रिवेणी संगमा डुब्न लगाइन्छ । जुन मन्दिरको बाँया दिशामा ५०० मिटरको दुरीमा पर्छ । मन्दिरको पूर्वी प्रवेशद्वार सधै बन्द गरिएको हुन्छ । किनभने मन्दिरमा स्थापित देवीको आभुषणको प्रकाशका कारण समुद्री जहाजलाई लाइटहाउस समझेर भुल्ने गर्छन् । जहाज किनारमा चक्कर लगाउँदा यात्रुहरु दुर्घटनामा पर्ने गर्छ । त्यसकारण श्रद्धालुहरुलाई उत्तरी द्वारबाट प्रवेश गराइन्छ ।

पौराणिक कथा अनुसार राक्षस “बानासुर” लाई भगवान शिवले उसको वध एक मात्र कुमारी कन्याले गर्न सकोस भनेर बरदान दिएका थिए । प्राचीन समयमा भारतका राजा भरतका माता पार्वतीले कन्याको रुपमा जन्म लिइन् । उनका एक छोरा र आठ छोरी थिए । भरतले आफ्नो राज्य नौ भागमा आफ्ना सन्तानहरुलाई बाँडेका थिए । दक्षिणको हिस्सा कुमारीलाई दिए । कुमारीलाई देवी पार्वतीको अवतार मानिन्छ । कुमारीले दक्षिण भारतको हिस्सामा राम्रो शासन गरिन् । कुमारी भगवान शिवसँग विवाह गर्न चाहन्थिन् । त्यसका लागि पूजापाठमा ध्यान दिने गर्थिन् । त्यसपछि भगवान शिव प्रशन्न भएर कुमारस्सँग विवाह गर्न तयार भए । विवाहको लगन पनि तोकियो । तर “नारद मुनि” ले भने राक्षस बानासुरको वध कुमारीको हातबाट हुने कारणले उनको विवाह हुन पाएन ।

एक दिन बानासुर घुम्दै कन्याको नजिकमा पुग्छ । कन्याको सुन्दरतामा मोहित भएर बानासुरले विवाहको प्रस्ताव राख्छ । त्यसपछि कन्याले राक्षससँग युद्धको शर्त राखिन् र यदि युद्धमा जसले जित्छ म त्ससँग विवाह गर्छु भनिन्

त्यस पश्चात कन्या र राक्षसको बीचमा घमसान युद्ध भयो र बानासुर म¥यो । त्यसपछि कन्याले कुमारी नै बस्ने फैसला गरिन् । भनिन्छ, कन्या र शिवको विवाहका लागि जति अन्न जुटाएका थिए । पछि त्यो सबै पत्थरमा परिणत भयो । आज पनि कन्या कुमारीको देख्न सकिन्छ ।

मन्दिरबाट केही टाढा गायत्री घाट, सावित्री घाट, स्याणु घाट र तीर्थघाट रहेको छ । तीर्थघाटमा स्नान गरेपछि श्रद्धालु मन्दिर भित्र दर्शन गर्न जाने गर्दछन् । त्यहाँ स्नान गरेपछि सबै पाप नाश हुने र मोक्ष प्राप्ति हुने मान्यता छ । देवीको दर्शन गरे मात्र पनि सारा कष्ट नाश हुने र जीवन धन्य हुने धार्मिक मान्यता रहिआएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्