काठमाडौं, मंसिर ९ । तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृत भएको ३ महिनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ ।
आगामी फागुनदेखि उक्त दु्रतमार्गमा ७१ वटा पुल निर्माणको काम शुरु गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।
कुल ७२ दशमलव ५ किलोमिटर किमीको दु्रतमार्गमा बन्ने ८७ पुलमध्ये १६ विशेष पुल भने अन्तर्रा्ष्ट्रिय निर्माण कम्पनीले बनाउँनेछन्।
ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरु हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।