कठमाडौ, मंसिर १० गने । भ्रमणवर्ष २०२० सुरु हुन एक महिनाबाँकी रहदायसको औपचारीक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमवार संस्कृति,पर्यटन तथानागरकि उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मुल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारीक उद्घाटन गर्ने तयारी गरिहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उक्तकार्यक्रममा ४० भन्दा बढी देशकापर्यटन मन्त्रीलाई समेत अतिथिका रुपमा आमन्त्रण गर्ने तयारी भइरहेको छ । काठमाडौका विभिन्न स्थानबाट एकै पटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाईएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रुपमा निम्तो पठाइने छ ।
राजधानीबाहेक देशैभर प्रदेश र स्थानिय तहमा पनि औपचारीक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ ।
भ्रमण वर्षका अवसरमा नेपालभित्रीने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागतगर्नेपनि समितिले बताएको छ । काठमाडौको अन्र्तराष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्तीमा सवार गराएर स्वागत गर्ने पनि योजना बनाइएको छ ।
समितिको बैठकले भ्रमण वर्षको तयारी स्वरुप केही योजनाहरुमा पनि निर्णय गरेको छ । बैठकले विदेश जाने नेपालीलाई प्रचारप्रसार सामाग्रीवितरण गर्ने, नेपाल भित्र उत्पादन हुने वस्तु र सार्वजनिक यातायातमा भ्रमणवर्षको लोगो प्रयोग गर्ने, सार्वजनिक स्थलमा पुरातात्विक महत्व नबिग्रने गरी ‘लाइटिङ’गर्नेपनि निर्णय गरेको छ ।
भ्रमण वर्षसंगै सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुतगर्ने, बाहै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको पस्तुति राख्ने योजना पनि तयार भएको छ । त्यस्तै विदेशका औपचारिक कार्यक्रममा सरकारको तर्फबाट जाँदा अनिर्वाय रुपमा कोसेली बोकेर जानुपर्ने निर्णय पनिगरेको छ ।
यस्तै विदेशमा नेपालको कुटनितिक उपस्थिति रहेको ठाउँमा जनवरी ७मा औपचारीक रुपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिने भएको छ । भ्रमण वर्षकालागी तयार गरिएका योजनाका विषयमा सम्बन्धित निकायले सक्रिय रुपमा काम गर्न संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ ।
सबैलाई आफ्नो जिम्वेवारी अनुसार काम गरेर भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराईले आग्रह गर्नुभयो । सरकारले २० लाखपर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । गोरखापत्रबाट