Logo

गद्दी बैठक सर्वसाधारणका लागि खुला



काठमाडौं, मंसिर ११ । काठमाडौंको हनुमानढोका दरबारस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत यान्डी डब्लु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुनःस्थापित गद्दी बैठक सर्वसाधरणका लागि खुला भएको जानकारी दिए।

सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणका निम्ति यसअघि कहिल्यै खुलाइएको थिएन। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुला गरिएको उक्त बैठकको मुख्य कक्ष निर्देशित भ्रमणका लागि खुला गरिएको हो।

बैठकको भुइँतलामा संग्रहालयसमेत रहने र केही समयपछि त्यो पनि सर्वसाधारण र पर्यटकले अवलोकन गर्न पाउने कार्यक्रममा जनाइएको छ। संग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तु रहनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति पु(याएको सम्पदाले जीवन्तता पाउँदा खुसी लागेको बताए। उनले जीर्र्णोद्धारमा सहयोग पु(याएको भन्दै अमेरिकी सरकारलाई धन्यवाद दिए।



प्रतिक्रिया दिनुहोस्