Logo

रियल मड्रिड र पिएसजी बराबरीमा रोकिए



काठमाडौं, ११ मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको समूह ’ए’को खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल मड्रिडसँग २–२ को बराबरी गरेका छ । २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै पिएसजीले बराबरी गरेको हो ।

दुबै टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस खेलमा रियल मड्रिडले खेलको १७ औं मिनेटमा करिम बेन्जिमाको गोलमा अग्रता लिएको थियो। यस्तै दोश्रो गोल पनि बेन्जिमाले नै गरे। उनले खेलको ७९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेको थियो।

यसरी २(० गोल अन्तरले पछाडि परेको अवस्थामा पिएसजीका लागि एमबाप्पेले खेलको ८१ औं मिनेटमा पहिलो गोल फर्काउँदै गोल अन्तरलाई २(१ मा पुर्‍याए। त्यसको दुई मिनेटपछि खेलको ८३ औं मिनेटमा टोलीका लागि साराबियाले गोल गरे र नतिजा २–२ को बराबरीमा पुग्‍यो। एजेन्सी



प्रतिक्रिया दिनुहोस्