Logo

रामको जन्तीलाई राष्ट्रपतिको स्वागत



काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको भगवान् रामको जन्ती ’प्रतीकात्मक’ लाई जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् ।

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका तथा माला लगायर स्वागत गरेकी छन्। उनले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गरेको जनाइएको छ ।

गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्