Logo

मोटरसाइकल रेसिङ प्रतियोगितामा भाग लिने २५ नेपाली राईडर्सहरुको विदाई (फोटोफिचर)



काठमाडौं, १४ मंसिर । भारतको मद्रास मोर्टर्स रेस ट्रयाकमा हुने मोटरसाइकल रेसिङ प्रतियोगितामा भाग लिन २५ जना नेपाली राईडर्सहरु भारत प्रस्थान गरेका छन् । उक्त टोलीमा २३ जना पुरुष र २ जना महिला राईडर्स सहभागी छन् ।

टिभिएसको आधिकारीक विक्रेता जगदम्वा मोटर्स प्रा.लि.ले गत असारदेखि शुरु गरेको टिभिएस बाइक रेसिङ प्रतियोगिता अन्तरगत देशभरबाट छनौट भएका उत्कृष्ट २५ जना नेपाली राईडर्सहरु भारत गएका हुन् । भारतकै ठूलो र प्रख्यात मद्रास मोर्टर्स रेस ट्रयाकमा खेलाडीले एक दिन बाइक रेसिङ गर्नेछन् ।

जगदम्बा  मोटर्सले नेपाली राइडर्सहरुलाई अन्तर्रा्ष्ट्रिय स्तरको राईडिङ अनुभवसंगै सिप दिलाउन प्रतियोगिता आयोजना गरेको जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवालले जानकारी दिए ।

उनले उक्त रेसका लागी चाहिने ट्रेनिङ आफूहरुले नै दिनेपनि बताए । उनले भने,”हरेक रेसरको एउटा सपना हुन्छ अन्तराष्ट्रिय रुपमा रेस गर्ने , त्यो जगदम्बा मोटर्सले पुरा गर्दैछ । यसबाट नेपाली रेसरले धेरै कुरा सिक्ने र आफ्नो  क्षमता विश्वमा देखाउने अवसर पाउँछन् । जगदम्बा मोटर्स विगत ३६ बर्ष देखी नेपालमा रेसीङसंग एसोसियट्स भएर काम गरिरहेको छ । यसरी नेपाली रेसको विकास र विस्तारमा सहयोग गर्न पाउनु कम्पनीको लागी खुसीको कुरा हो ।”

जगदम्बा मोटर्स प्रालिका महाप्रवन्धक दिपक प्रसाद रौनियारले प्रतियोगिताको सबै लागत कम्पनीले व्यहोर्ने बताए । उनले भने,”यो नेपाली रेसरहरुको लागी ठुलो प्लेटफर्म हो । रेसरहरूले आजसम्म यति ठुलो प्लेटफर्म पाएकै थिएनन् । यो रेसरहरुका निम्ती ठुलो अवसर हो । ।”

जगदम्बा मोटर्स प्रा.ली.का बजार व्यवस्थापक नवराज कोइरालाले यो रेसले नेपालको रेसलाई अन्तर्राष्टियस्तरमा प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । भारतको मद्रास मोटर्स रेस पुरै एक दिनको लागि बुक गरेर प्रतियोगिता गर्न लागिएको उनले जनाए ।

खेलाडीहरुले नेपालमा रेस ट्रयाकको नभएकाले भारतमा हुने रेसिङ प्रतियोगिताले रेसट्रयाकमा सहभागी हुने अवसर पाउँदा ठूलो अनुभव बटुल्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । जगदम्वा मोटर्सले यस्तो रेसिङ प्रतियोगिताले नेपालमा रेसिङ खेलको विकास गर्न सहयोग पुग्ने विश्वास लिएको छ । तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्