Logo

बंगलादेशकी प्रधानमन्त्रीले गरिन प्याज नखाने घोषणा



काठमाडौं, मंसिर १५ । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् ।

बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर दुई सय ६० टाका पुगेपछि प्रधानमन्त्री हसिनाले यस्तो कदम चालेकी हुन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा उपलब्ध गराइरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्