Logo

जवानी देखिने कपालको स्टाइल



कपालको स्टाइलले गर्दा मानिसहरु अझ सुन्दर देखिन्छन् । कपालको स्टाइल फेरी रहदाँ स्फूर्त महसुस हुनुको साथै जवान पनि महसुस हुने गर्दछ । तर कपालको स्टाइलको छनोट भने सही र आफूलाई सुहाउने खालको हुन्ुापर्छ । जसका कारण अरुभन्दा आर्कषित र राम्रो पनि देखिन्छ ।

जवान देखिने यी स्टाइल

मेसी स्टाइल

यो स्टाइल बनाउनमा कतिपनि डराउनु पदैन । सबै उमेरको महिलाको लागि राम्रो देखिन्छ । यो स्टाइलको लागि कपाललाई एउटा साइडमा बाध्नुपर्छ । यसरी बाँधेपछि कपाल बाटेर हल्का दबाएर अलिकति खोल्नुपर्छ । यो स्टाइल आफ्नो उमेर भन्दा सानो देखाउनको लागि निकै उपयोगी पनि मानिन्छ ।

छोटो कट

कपाल बाक्लो होस् वा पातलो कपालको बनावट जस्तासुकै भएपनि कपाल छोटो बनाउँदा जवान नै देखिन्छ । यो स्टाइलको लागि समय पनि त्यति लाग्दैन र व्यस्त मान्छेले यो स्टाइल गरेको हुन्छ ।

फिज कट

फिंज कटले सानो उमेर देखाउनुका साथै सधै जवान देखिनलाई ठुलो मद्दत गर्छ । सबै खाले अनुहारमा अत्यधिक आर्कषित देखाउँछ । फिंज कटले आफ्नो चेअ‍ेराको चार गुणा रौनक बढाइदिन्छ । यो कटको साथमा अरु कपालको स्टाइल पनि गर्न सकिन्छ ।

महत्वपुर्ण टिप्स

सुख्खा र रुखो कपालले तपाइैको सुन्दरतालाई कुरुपता बनाइदिन सक्छ । कपाललाई स्वस्थ्य र राम्रो बनाउनको लागी राम्रो स्याम्पु र कन्डिस्नरको प्रयोग गर्नुपर्छ । Photo Source : Pinterest



प्रतिक्रिया दिनुहोस्