कानमा किरा परिहाले के गर्ने ? त्यतिबेला मानिस आत्तिन सक्छ । यस्तै भएको छ एउटा युवकलाई । उनको कानमा साङ्लेकिरा परेको छ । २४ वर्षिय युवकको कानमा साङ्लो किराको एक परिवार नै प्रवेश गरेछ ।
साङ्लेकिराको परिवाले कानमा बास बनाएको युवकलाई कुनै पत्तो नै भएन । कान बेसरी दुख्न थालेपछि कसैलाई लाइट बालेर हेर्न लगाए र बल्ल थाहा भयो उक्त किराले भित्र नै घर बनाएर बसेको रहेछ । यो थाहा पाएर ती युवा स्तव्ध भए ।
आफुलाई बेस्सरी दुखेको र भित्र भित्रै केहि चलेको जस्तो लागेको स्थानिय डाक्टरलाई बताएपछि भित्र हेर्दा त १० भन्दा बढि साङ्लेकिराको बच्चा र साङ्लेकिराको एउटा माऊ पनि भेटियो । ती डाक्टरले सबै किरा निकालिदिए । युवकलाई भने खानेकुरा ओछ्यानमा बसेर नखानु र नराख्नु, यसरी राख्दा यस्ता समस्या आउँने गर्छ । ती युवकलाई त्यो किरा कहिले र कसरी आयो थाहा नै भएन । Photo Source: The New York Times