काठमाडौं, मंसिर १७ । निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले नाफा नभएपपछि काठमाडौंबाट दक्षिण एसियाली महानगर जोड्ने अभियान अन्तर्गत थालेको काठमाडौं–कोलकत्ता–काठमाडौं उडान बन्द गरेको छ ।
६ महिनाअघि सातामा तीनदिनबाट थालिएको बुद्धको काठमाडौं–कोलकत्ता–काठमाडौं उडान सोमबार अन्तिम थियो। ‘यात्रु जेनरेट भएन,’ बुद्धका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने, ‘जेट विमानबाट अन्तर्रा्ष्ट्रिय उडान जानकालागि हामीले हामीले कोलकत्ताकालागि गरेको उडान परिक्षण उडान थियो।
यो उडाननै घाटामा गएकाले बुद्धले कोलकत्ता उडान बन्द गरेको छ।’ उनले यसै उडानको अनुभवकै आधारमा आगमी दिनमा पोखराबाट जेट विमानमार्फत भारत लगायत एसियाली महानगरमा उडान गर्ने योजना पनि स्थगन भएको बताए।
बुद्धले ६ महिना काठमाडौं–कोलकत्ता–काठमाडौं उडान गर्दा १० करोड घाटा व्यहोरेको जनाएको छ। ‘साढे ७ करोड हाराहारी अपरेशन घाटा र साढे २ करोड हाराहारी मार्के्टिङ खर्च गरी १० करोड हाराहारी घाटा व्यहोर्यौं,’ प्रवन्ध निर्देशक बस्नेतले भने। सुरुमा सातामा तीन दिन मात्रै उडान थालेको यस एयरलायन्सले पछिल्लो एक महिना सातामा दुइ ओटा मात्रै उडान गरेको थियो।
यो रुटमा एकतर्फी भाडा १० हजार रुपैयाँ थियो। यो रुटमा बुद्धले ७२ सिट क्षमताको एटीआर विमान उडाउथ्यो। ‘एउटा उडानमा कम्तीमा ५ हजार डलर ५ लाख ७३ हजार रुपैयाँ देखि १० हजार डलर ११ लाख ४७ हजार रुपैयाँ सम्म घाटा व्यहोर्यौं,’ प्रवन्ध निर्देशक बस्नेतले भने।
जेठबाट उडान थालेको बुद्धले पहिलो एकरदुई महिनामै नाफा नहुने थाहापाइसेको तर, भारतको नागरिक उड्डयन कार्यालयको निर्देशन अनुसार कम्तीमा ६ महिना एउटा रुटमा जहाज उडाउनै पर्ने भएकाले मंसिरसम्म घाटा व्यहोर्दे उडान गरेको आजको कान्तीपुर दैनिकमा खवर छ ।