काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेल अध्यक्ष प्रचण्डसँग नजिक मानिन्छन् । उनले देशको पछिल्लो राजनीतिक सम्बन्ध र छिमेकसँगको कुटनीतिक सम्बन्धबारे ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्री स्वस्थ हुँदैहुनुहुन्छ होइन ?
हो, उहाँ स्वास्थ हुँदैहुनुहुन्छ ।
उहाँले दुई/चार दिनपछि बालुवाटार आएर काम थाल्ने संकेत देखिएको छ हो ?
दुई/चार दिनमै भनेर त हामीले किएन गर्न सक्दैनौं । जे होस् उहाँको स्वास्थ्यमा राम्रो प्रगति छ, साथै किड्नी ट्रान्सप्लान्टको पनि तयारी भइरहेको छ ।
किड्नी चाहीं कहिले ट्रान्सप्लान्ट गर्ने त ?
त्यसको दिन एकिन नभए पनि तयारी भइरहेको छ ।
नेपालमै कि विदेशमा गर्ने तयारी भएको छ ?
त्यो त प्रधानमन्त्रीको इच्छाको कुरा हो, कहाँबाट गराउनुहुन्छ ।
सम्भावना के छ ?
नेपालमै पनि गरिने सम्भावना छ । नेपालमै सकिन्छ भनेर, उहाँका उपचारमा संलग्न डाक्टरहरुले भनिरहेका छन् । प्रधानमन्त्रीले के भन्नुहुन्छ उहाँको मानसिकतामा भरपर्ने कुरा हो ।
प्रधानमन्त्रीले त नेपालमै गर्छु भन्नुभएको छ रे ?
त्यही त त्यो जोखिम लिँदा राम्रो हो । कत्तिको लिन सक्नुहुन्छ, त्यो त अहिले भन्न सकिँदैन ।
नेपालमै राम्रा डाक्टर छन्, भनेर प्रधानमन्त्रीबाट बाहिर कुरा आएको छ नि ?
अहिले नेपालमै पनि राम्रा डाक्टरहरु छन् । पहिला उहाँले दिल्लीमा गराउनुभएको हो । त्यतिबेला नेपालमा राम्रो थिएन । अहिले नेपालमै राम्रै व्यवस्था भएकाले बाहिरका डाक्टरहरुलाई बोलाएर उनीहरुको परामर्शमा पनि गर्न सकिन्छ । ं
प्रचण्ड कार्यकारी अध्यक्ष भइसकेर पनि अहिलेसम्म किन केन्द्रीय समिति बैठक राख्न सक्नुभएन ?
उहाँ कार्यकारी भएको केही दिनमै अचानक प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना हुनुभयो । उहाँहरु बीच सहमति भएको धेरै दिन बित्नपनि पाएको थिए । बैठकको तयारीको सन्दर्भमा सल्लाह पनि हुन पाएन । प्रधानमन्त्रीसँग सल्लाह हुन पाएको भए बैठक बसिहाल्थ्यो । अब प्रधानमन्त्री स्वस्थ भएपछि बैठक राख्नुहुन्छ ।
कहिलेसम्म राख्नुहोला त ?
यो दिन भनेर हामीले कसरी तोक्नु ।
प्रचण्डजीले म छिट्टै बैठक गर्नुभन्नुभएको थियो नि ?
भर्खर मात्रै उहाँहरु बीच कार्य विभाजन भएको हो । त्यसपछि राम्रो सल्लाह हुन पाएको थिएन । प्रधानमन्त्री बिरामी भइहाल्नुभयो ।
तैपनि पार्टी म अगाडि बढाउछु भन्नुभएको थियो नि ?
उहाँसँग सल्लाह गर्ने पर्याप्त समय नै भएन । प्रधानमन्त्री एक्कासी बिरामी हुनुभयो ।
आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ला ?
अहिले जे निर्णय भएछ त्यसले सकारात्मक सन्देश दिएको छ । त्यसैले पार्टी राम्रोसँग अगाडि बढ्छ । जतिबेला पार्टी एकता भयो, त्यतिबेलै कार्यविभाजन हुनुपथ्र्यो । त्यो नहुँदा हामीलाई धेरै घाटा भयो । त्यसबाट उहाँहरुले शिक्षा लिएको हुनुपर्छ ।
अहिलेको निर्वाचनलाई तपाईहरु कसरी समीक्षा गर्नुहुन्छ ?
निरन्तरता भएको छ ।
तपाईंहरुका लालकिल्ला त भत्कियो नि ?
कतिपय ठाउँमा हारियो, कतिपयमा जितेका छौं । त्यसैले नेपाली कांग्रेस पनि निरन्तरतामा छ, हामी पनि निरन्तरतामा छौं ।
शेरबहादुरले त हामीले लालकिल्ला भत्कायौं भन्नुभयो नि ?
त्यो भन्नु बेग्लै कुरा हो । कतिपय ठाउँमा उहाँहरुले भत्काउनुभयो । कतिपय ठाउँमा हामीले भत्कायौं । अहिलेको निर्वाचन निरन्तरमै सीमित छ, यसमा कुनै पार्टीले ठूलो प्रभाव जमाउन सकेको देखिँदैन ।
नेकपाले भत्तपुर र धरान त हार्यो नि ?
ती ठाउँमा नहार्नुपर्ने थियो हारियो । त्यहाँ हामीले जनउत्साह पैदा गर्न सकेनौं । हामीसँग दुई तिहाईको सरकार भइसकेपछि हामीले सबै ठाउँमा जित्नुपर्ने हो ।
पहिला त तपाईंहरु एल्लाएक्लै लड्नुभएको हो, अहिले त दुई पार्टी एकीकरण भएको छ नि ?
यो चुनावलाई हेर्दा हाम्रो त एकीकरण नै राम्रोसँग भएको छैन । दुई वर्ष भइसक्यो पार्टी एकीकरण भएको अहिलेसम्म कार्यविभाज राम्रोसँग भएको छैन । यो नहुनुपर्ने हो, यस्तो पनि हुन्छ ? यसको असर चुनावमा पर्यो । राम्रोसँग एकीकरण भएको भए सरकार पनि राम्रोसँग सञ्चालन हुन्थ्यो । पार्टी पनि जनतासँग जोडिन्थ्यो । अहिले चुनावमा परिणाम पनि राम्रो आउँथ्यो । तर, हामीले बहस र गल्बन्दीले डेढ वर्ष बिताइदियौं । त्यसैको परिणाम हो यो । अहिले त हामीले सबै जित्नुपथ्र्यो ।
तपाईंहरु र कांग्रेसको एउटै दावी सबै जित्नुपर्ने तर जनताको मतलाई त मान्नुप¥यो नि ?
त्यही त जनताले निरन्तरतामा दिए । हिजो हामी चुनावमा जाँदा वाम गठबन्दन मात्रै थियो । अहिले पार्टी नै एकता भइसकेको छ । त्यसैले सबै ठाउँ जित्नुपर्ने हो । पार्टी राम्रोसँग एकता भइसकेको छैन । नौ महिनादेखि बैठक बसेको छैन । बैठकै नभइ हामी चुनावमा गयौं । खोई चुनावको तयारी ? अझ यही पनि हुने थिएन । दुई अध्यक्षबीच कार्यविभाजन भएको कुरा बाहिर आएपछि यति आएको हो ।
निर्वाचनको परिणामलाई हेर्दा सरकारले राम्रो काम नगरेको सन्देश गयो हो ?
यो सरकारले मनमोहनको कार्यकाल बाहेक निरन्तरतामा काम गरेको छ । तर, नयाँ संविधान बनिसकेको अवस्था र दुई तिहाईको नजिकको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन । फेरि पार्टी एकताको कुरा समयमै नटुंगिँदा पनि गम्भीर असर गरिरहेको छ ।
पार्टी अध्यक्ष प्रचण्डको चीन भ्रमण एकाएक किन रोकियो ?
अहिले प्रधानमन्त्री पनि अस्वस्थ हुनुहुन्छ । पार्टी अध्यक्षको जिम्मेवारी आइसकेपछि बैठकदेखि पार्टी सञ्चालनका कुराहरु पनि छन् । फेरि चीनका राष्ट्रपति सी जिन पिङ पनि अस्ति भर्खरै आउनुभयो । त्यसैले अहिले नै अत्तालिएर गैहाल्नुपर्ने र त्यहाँ गएर भैहाल्ने केही थिएन । तथापि दुई पार्टीबीचका विचार आदनप्रदान गर्ने भनेकाले त्यो केही महत्वपूर्ण पनि थियो ।
दश महिनामा तीस हजार नेपाली चीन गएछन् नि ?
चीन हाम्रो छिमेकी मुलुक भएकाले यस्तो चलिरहन्छ । छिमेकीसँग सम्बन्ध पनि राम्रो बनाउनुपर्छ । हिजो भारततिर बढी जान्थे, आज चीनतिर बढी जान्छन् । जता विकास हुन्छ, उतै मान्छेको आकर्षण बढ्ने हो । अहिले अमेरिका, जापान, अस्ष्ट्रेलिया जान्छन् त्यस्तै हो ।
अहिले नेपालका नेताहरुको भारतभन्दा चीन यात्रा बढेको हो ?
चीन शक्तिराष्ट्रको रुपमा अगाडि आउँदैछ । ऊसँग हाम्रो पुरा ऐतिहासिक सम्बन्ध छ । त्यसैले यो स्वाभाविक हो । त्यहाँ नेकपा मात्रै होइन, सबै पार्टीका गइराखेका छन् ।
नेपालमा कम्युनिस्ट सरकार बनेपछि चीन जानेको संख्या बढ्यो नि ?
चीनले पनि नेपालसँस सम्बन्ध बढाउन महत्व दिएको छ । चीनले मात्रै होइन, भारत, अमेरिकालगायत सबै मुलुकले राम्रो सम्बन्ध विस्तारको लागि महत्व दिएका छन् ।
वर्तमान सरकारले चीन नीति मानेर भारत नीति परिवर्तन गर्न खोजेको हो ?
नीति परिवर्तन भन्दा पनि नाकाबन्दीले सम्बन्ध बिग्रिएको थियो । अहिले भारतसँग पनि राम्रो सम्बन्ध छ । अहिले फेरि कालापानीको भू–भाग भारतको नक्सामा थोरै असर गरिरहेको छ । भारत र नेपालले त्यो विषयलाई उच्चस्तरीय ढंगले हल गर्नुपर्छ । भारतले नयाँ सिराबाट सम्बन्ध राख्नुपर्छ ।
भारतीय प्रधानमन्त्रीबाट नेपालका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेर पत्र आएको छ, त्यसलाई कसरी लिन सकिन्छ ?
त्यो त छिमेकी समकक्षीलाई उहाँले सम्झना गरेको हो । पहिला यस्तो खालको सम्झना सम्मान हुँदैन थियो । अहिले सबैले महत्व दिन थालेका छन् हाम्रो लागि गौरवको कुरा हो ।
वर्तमान सरकार नीति चीनमुखी कि भारतमुखी हो ?
दुवैसँग सन्तुलित सम्बन्ध हुनुपर्छ । चीन हाम्रो पार्टीगत सम्बन्ध छुट्टै हो । सरकारको सम्बन्धको सन्दर्भमा खासै फरक देखिँदैन ।
पार्टीगत रुपमा चिनीयाँ कम्युनिस्ट पार्टीसँग तपाईंहरुको राम्रो सम्बन्ध छ हो ?
पहिलाभन्दा अहिले अलि बढी सम्बन्ध छ ।
हाम्रो देशमा काण्डैकाण्ड छ, कुनै दोषीलाई कारबाही गर्न सकिएन नि ?
सबै कुरा एकैचोटी हुन्छन् भन्ने होइन । तथापि जुन कुरा जनताबाट उठिरहेका छन् । दोषीमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्ने हो भइराखेको छैन । सरकार गर्दैछु भन्छ हामीले प्रतिक्षा गर्ने बाहेक के गर्छ सक्छौं ।
वाइडवडी खरिद काण्डमा कसैलाई कारबाही भएन नि ?
यसमा दुईवटा कुरा छन् । एउटा विपक्षीहरुले उठाएको अर्को जनताले उठाएको कुरा । जुन कुरामा जनताले पनि औला ठड्याएका छन् । त्यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ । विपक्षले उठाएको कुरालाई पनि यस्तै हुन् हाम्रो विरोध गरिरहन्छ भनेर हुँदैन त्यसको पनि वास्तविकता बुझ्नुपर्छ ।
जनचाहनाअनुसार नेताहरुले काम गर्न नसकेको हो ?
हामी पनि सम्झौता गरेर आयौं । त्यो कुरा जनतालाई बुझाउन पनि सकेनौं । संझौता गरेर आइसकेपछि जनअपपेक्षा अनुसार काम गर्न सक्ने स्थिति हुँदैन ।
ऊखु किसानको समस्या समाधान हुन सकेन नि ?
अहिले जिम्मेवार नेताले कृषिको जिम्मेवारी लिनुभएको छ । उहाँबाट केही आशा गरौं ।
धनश्याम भुसालले राम्रो काम गर्नुहुन्छ ?
पार्टीको सांसद् हुनु र मन्त्री भएर जनतामा गएर काम गर्नु फरक कुरा हो । मान्छेहरु पार्टीमा सफल हुन्छन् तर सरकारमा गएपछि हुँदैनन् । उहाँको पनि अग्निपरीक्षा हो ।
अपाङ्ग दिवसको अवसरमा के भन्नुहुन्छ ?
अपाङगता भएका व्यक्तिहरुलाई सरकारले ध्यान दिनुपर्ने त्यो सकिराखेको छैन । File Photo