काठमाण्डौ, २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हारको सामना गर्नुपरेको छ ।। शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनाएको थियो । नेपालले २० ओभरमा नौ विकेट गुमाएर ७७ रन बनाउन सफल भएको थियो ।नेपालले आजको खेलमा खराब सुरुवात गरेको थियो । नेपालका कुनै खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।
नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताए । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिए ।