काठमाडौं,मंसिर २२ । म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीबिच शनिबार राती भएको खेलमा युनाईटेड विजयी भएको छ । इंग्लिस प्रिमियर लिगको खेलमा सिटीलाई युनाइटेडले २–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा मार्कस रासफर्डको गरेको गोलले खेलमा अग्रता लिएको थियो । उनले खेलको २३ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने खेलको २९ औँ मिनेटमा एन्थोनी मार्सियालले दोस्रो गोल गर्दे सिटिलाई पहिलो हापमा निकै दबावमा राखेको थियो ।
सिटीका निकोलास ओटामेन्डीले एक गोल फर्काए पनि खेलको अन्त्यसम्मपनि बराबरीमा ल्याउन सकेन ।जीतपछि युनाइटेड २४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । सिटी भने लिगको तेस्रो स्थानमा सिमित छ ।