भैरहवा, मंसिर २४ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि बसाइ अवधि भने लम्बिन सकेको छैन ।
बितेको ११ महिनामा लुम्बिनी भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकको सङ्ख्या १४ लाख पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या सामान्य वृद्धि भएको हो । सन् २०१९ को ११ महिना ९जनवरीदेखि नोभेम्बरसम्म० लुम्बिनी भ्रमण गर्ने पर्यटक १३ लाख ८१ हजार ८४९ जना पुगेको तथ्याङ्क कोषले सार्वजनिक गरेको छ । जसमध्ये तेस्रो मुलुकका एक लाख ५५ हजार ५०३ जना पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
सूचना अधिकृत राईका अनुसार आन्तरिक पर्यटक १० लाख ४९ हजार ७०२ जनाले लुम्बिनी भ्रमण गरेका छन् भने एक लाख ७६ हजार ६४४ भारतीय पर्यटक यो अवधिमा लुम्बिनी अवलोकनका लागि आएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा थोरैले बढी हो ।गोरखापत्र दैनिकबाट