Logo

देशभर ठण्डीः हिमालमा हिमपात, पहाडमा वर्षा र तराईमा हावाहुरी र कुहिरो



काठमाडौं, २७ मंसिर । देशभर ठण्डी बढेको छ । बिहिबार देखि देशका अधिकांश भागको आकाश बादलले ढाकेको छ । चीसो बढेर जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारी हिमपातको सम्भावना छ । मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भू भागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना रहेको छ ।

तराईमा कुहिरो लागेको छ । विशेषगरी विराटनगर आसपासका पूर्वी तराइका भू-भागमा सामान्य कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर चीसो बढ्दा मानिसहरुको आवतजावत पातलिएको छ । चीसो मौसममा रुघाखोकी र ठण्डीले लाग्ने रोगका कारण सतर्क हुन भनिएको छ ।-Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्