चिनियाँ अभिनेत्री स्वी छिङ नेपाल भनेपछि हुरुक्कै भएकी छिन् । उनी दोस्रो पटक नेपाल आएर भक्तपुर र पोखरा पुगिन् । भक्तपुमा बालबालिकालाई भेटिन् । भक्तपुरको कला र सौन्दर्य अवलोकन गरिन् ।
उनी दोस्रोपटक पोखरा पुगिन् । अन्नपूर्ण क्षेत्रको भ्रमण गरिन् । त्यहाँको सुन्दरता देखेर स्वी हुरुक्कै भएकी छिन् । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा उनी स्वयंले नेपालको प्रचार गरिरहेकी छिन् ।
स्वीले अन्नपूर्ण क्षेत्रलगायत नेपालको विभिन्न स्थान घुमेको दृश्य र भिडियो चिनिँया सामाजिक सञ्जाल वीबोमा राखेकी छिन् । यसलाई डेढ करोडले हेरिसकेका छन् । स्वीका कारण नेपालको सुन्दरताबारे डेढ करोड मानिसहरुसम्म जानकारी पुगेको छ ।
नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि करोडौं खर्च भइरहँदा चिनियाँ अभिनेत्री स्वीका कारण विना खर्च प्रचार भइरहेको छ ।
स्वी छिङ चीनको ख्यातिप्राप्त कलाकार हुन् । दुईपटक नेपाल भ्रमण गरेकी उनले अर्कोपटक फेरि नेपाल भ्रमण गर्ने भएकी छिन् । अबको चार महिनापछि अन्नपूर्णको पदयात्रा गर्ने भएकी हुन् ।