Logo

विश्व वैज्ञानिक सम्मेलनमा नेपाली युवा



जनकपुर, मंसिर २८ । जनकपुरका युवा आशिष रौनियार विश्व युवा वैज्ञानिकको सम्मेलनका लागि छनोटमा परेका छन् । सन् २०२० को जनवरी १४ देखि १७ सम्म सिंगापुरमा हुने सम्मेलनमा रौनियार सहभागी हुने भएका हुन् ।

नर्वेको ओस्लो मेट्रोपोलिटियन युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत रौनियारले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा रौनियारले कम्प्युटर साइन्सका नवीनतम् प्रयोगबारे आफ्नो प्रस्तुति दिनेछन् । सन् २०१३ मा सुरु भएको सम्मेलनले नवीनतम् सोच, फरकपन र प्रविधिलाई एकैथलोमा राखेर युवा वैज्ञानिकहरूबीच विमर्श गराउँछ ।

विश्वका करिब २ सय युवा वैज्ञानिक सहभागी हुने सम्मेलनमा कम्प्युटर साइन्स, इन्जिनियरिङ, भौतिकशास्त्र, रसायन विज्ञान, जीव विज्ञान र गणितका विभिन्न आयामबारे छलफल हुनेछ । कम्प्युटर साइन्समा राम्रो दख्खल राखेकै कारण रौनियारलाई सम्मेलनमा छनोट गरिएको उनी अध्ययनरत युनिभर्सिटीको वेबसाइटमा उल्लेख छ ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्