Logo

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुर्सरफलाई किन सुनाइयो मृत्युदण्डको सजायँ ?



एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको हो ।

मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताइएको छ । जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन् । मुसरर्फलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो । पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए ।

नोभेम्बर ३, २०१७ मा मुसरर्फले संविधानको उल्लंघन गरेको अदालतले बताएको छ । सन् २०१३ नोभेम्बर २० तारिखमा विशेष अदालत गठन गरिएको थियो । सन् २०१६ जुन १९ मा अदालतले मुसरर्फलाई भगौडा करार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्