काठमाडौं, २ पुस । पशुपति विकास कोषको कार्यकारी निर्देशकमा डा. घनश्याम खतिवडा नियुक्त भएका छन् । पत्रकारिता, प्राध्यापन र कलाकारितामा सक्रिय खतिवडालाई सरकारले नियुक्त गरेको हो ।
खतिवडाले आजै पदभार ग्रहण गरेका छन् । खतिवडा विवादमुक्त रही कर्मक्षेत्रमा सदैव सक्रिय हुँदै आएका थिए ।
संस्कृतिमा विद्यावारिधी गरेका खतिवडाको नियुक्तिलाई सही ठाउँमा सही व्यक्तिको चयनका रुपमा लिइएको छ । उनी धर्म र संस्कृतिबारे जानकार मानिन्छन् ।