Logo

४२ मेगावाट बिजुली खेर जाने जोखिम



काठमाडौं,पुस ४ । सिंगटी–लामोसाँघु ४० डबल सर्किट किलोमिटरको प्रसारण लाइन समयमै निर्माण सम्पन्न नहुँदा सो क्षेत्रमा निर्माणाधीन आयोजनाको ४२ मेगावाट बिजुली खेर जाने जोखिम बढेको छ। नेपाल विद्युत् प्रधिकरणले १३३ केभी क्षमताको यो प्रसारण लाइन बनाउन सन् २०१० मा ठेक्का सम्झौता गरेको थियो।

आयोजनाको काम सम्पन्न नहुँदा २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजना, ११ मेगावाटको तल्लो खाँडे जलविद्युत् आयोजना र ६ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर जाने जोखिम बढेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्