Logo

समृद्धि हाँसिल गर्न सरकार र प्रतिपक्ष मिल्नुको विकल्प छैन् : मन्त्री गुरुङ



काठमाडौं, ४ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।

मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न लागि पर्नपनि स्रष्टाहरुलाई आग्रह गरेका छन् । गौरीशंकर च्छो–रोल्पा मिडिया प्रा.ली.ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘स्रष्टा सम्मान’ कार्यक्रममा बोल्दै उनले नेपाली जनताको चाहनाअनुसार मुलुकलाई समृद्ध बनाउन कलाकार, पत्रकार र साहित्यकारहरुले पनि अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

‘मुलुकलाई समृद्ध बनाउने अभियानमा कलाकार, पत्रकार, साहित्यकार सबैले अभियाननै संचालन गर्नु पर्दछ,’ मन्त्री गुरुङले भने,‘त्यसका लागि आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध छ ।’

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने पनि बताए ।

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा कमीकमजोरी भए सच्याएर अघि बढन सरकार तयार रहेको पनि स्पष्ट पारे । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्