Logo

‘एमसीसी संसदबाट पारित गर्छौं, ट्रष्टको जग्गा कानुनसम्मत तरिकाल दिइएको छ’



काठमाडौं, १४ पौष । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल खरो बोल्छन् । उनले यो सरकार अरु सरकारभन्दा फरक भएको बताएका छन् । रिमालसँग सरकारको कामकारबाहीका सन्दर्भमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपाईंको पार्टी एमसीसी संसद्बाट पारित गराउन चाहन्छ ?
यो त हाम्रो पार्टीले मात्रै होइन सबै पार्टीले नेपालको विकासमा सहयोग पुग्छ भनेर स्वीकार गरेको विषय हो । पहिलादेखि नै संसद्बाट पारित गर्ने भनिएको थियो, अहिले पनि पारित गर्नेमा छौं ।
तर स्थायी समितिमा त तपाईंहरुले सर्वसम्मत गर्न सक्नुभएन नि ?
नेपालको अहितमा छ भने त्यसलाई ख्याल गर्नुपर्छ । देशको अहित हुने कुनै सर्तहरु राखिएका छन् बुझ्नुपर्छ भनिएको छ । अन्य यो सहयोग लिनु हुँदैन भन्ने कुरै छैन नि ।
आगामी संसद्बाट यो पारित हुन्छ होइन, जनताले यही जान्न चाहेका छन् नि ?
यसबारेमा जनताले जान्न चाहेको कुरा त पार्टीको बैठक सकिँदै आइसकेका छन् । त्यसकारण यो पारित नहुनुपर्ने कुनै कारण नै छैन । यो लिँदा नेपाललाई अहित हुन्छ कि हुँदैन भनेर सोध्नुभएको हो कमरेडहरुले । ५६ अर्ब नेपालले पाउँछ, देश विकास हुन्छ त्यसले के अहित हुन्छ ।
तर, एमसीसी त इण्डोप्यसेफिकमार्पmत आयो भन्नेहरु पनि छन् नि ?
के मार्पmत् आयो, कसको खल्तीबाट आयो । कुन पार्टीले दियो । अमेरिकाको डेमोक्रेटिक पार्टीले दियो कि रिपब्लिकाले दियो भनेर त्यो झमेलातिर किन लाग्ने । त्यसले नेपाललाई फाइदा हुन्छ कि घाटा हुन्छ त्यतातिर जानुपर्छ हामीले । नेपाललाई अहित हुने पैसा छ भने सुनपानीले धोएको भएपनि चाहिएन । नत्र कुन पार्टीले दियो, कताबाट आयो भनेर टाउको दुखाउनुपर्ने कारण छैन । हामी सैनिक गठबन्धनभित्र छैनौं, त्यतातिर जाँदैनौं पनि । यसमा सबै पार्टीहरुको सहमति छ, कसैले पनि सैनिक गठबन्धनमा लाग्नुपर्छ भन्नुभएको पनि छैन । यसमा त अभैm सबैभन्दा राम्रो पक्ष भनेको प्रतिपक्षी पार्टी र एमसीसीका विज्ञहरु अनि पहिलाका राजदूतहरु सबैसँग सल्लाह लिएर उहाँहरुले नेपालको हितमा छ भने पनि हामीले स्वीकारेका छौं । यो त अझ पहिलाका सरकारहरुले सम्झौता गरिसकेकाले पनि यसमा धेरै जान्ने पल्टेर कराउनुपर्ने आवश्यकता छैन ।
भीम रावलले त विरोध गर्नुभएको छ नि ?
विभिन्न व्यक्तिहरुका मौसमे प्रक्रियाहरु छन् । त्यस्ता मौसमे प्रक्रियामा अल्झिनु हुँदैन ऋषीजी हामीले । यो त राष्ट्र बनाउने कुरा पो हो त । फुर्सद भएका साथीहरुले अन्य कुरा गर्छन् त्यसमा हामीले किन टाउको दुखाउने ? हामीले मुलुक बनाउने कुरा गर्नुपर्यो नि ।
सरकारमै भएको पार्टीका नेताहरुले किन विरोध गर्छन् त ?
त्यो उहाँहरुलाई मौका मिलाएर सोधौंला । केन्द्रीय कमिटिको बैठकमा कुरा उठ्लान । स्थायी समितिमा लामै छलफल भएको छ । केहीलाई आपूmलाई लागेको कुरा नभनीनहुने बानी होला, त्यसमा हामीले के टाउको दुखाउने । एउटा तहमा छलफल भएर अगाडि बढिसकेपछि किचकिच गरिरहनु राम्रो होइन । कि मुलुक विकास गर्दिन भनेर जानुपर्यो । बिरालो सेता, कालो जे भएपनि मुसा मार्नुपर्छ भने भैंंm विकास गर्ने हो भने दिएको सहयोग लिनुपर्छ । कि राउटे जस्तो भएर बस्नुपर्यो ।
भीम रावलको भनाइ पैसाकै लागि किन सम्झौता गर्ने भन्ने छ नि ?
एकोहोरो एउटा नेताको बारेमा कुरा गर्नुहुँदैन । उहाँलाई केही लागेको होला भन्नुभयो । एउटै व्यक्तिको बारेमा विहानदेखि कति कुरा गर्नु । एमसीसी चाहिन्छ कि चाहिँदैन, चाहिन्छ, यसले नेपाललाई हित गर्छ कि गर्दैन गर्छ । त्यहाँभन्दा बढी किन चाहिन्छ हामीलाई ।
यो सरकारले जनताको हितमा काम गरेको छ त ? प्रधानमन्त्रीले धेरै राम्रो काम गरेको छु भन्नुभयो ?
प्रधानमन्त्रीले भनेको भए सकिगो नि । हाम्रो प्रधानमन्त्री नहुने कुरा गर्दै गर्नुहुन्न । सरकारले जनताको हितमा काम नगरेर कसको गर्छ । फेरि यो सरकार अरु जस्तो हो र । यो त कमीकमजोरी भयो भने तुरुन्तै सच्याउन नडराउने सरकार हो ।
प्रधानमन्त्रीले त तेल, फलाम निकाल्छौं भन्नु भएको छ, त्यो सम्भव छ ?
ग्याँसको कुरा गर्दा अहिले सुर्खेतमा परीक्षण भइरहेको छ । बिजुलीको कुरा गर्दा अहिले चर्चामै रहेको एमसीसी त्यसैसँग जोडिएको छ । अहिले नै बंगलादेशसँग पाँच सय मेगावाट बिजुली बेच्ने सम्झौता भइसकेको छ ।
नेपाल ट्रष्टको विवादमा प्रधानमन्त्रीले बचाउ गर्नुभएकोछ किन ?
बचाउ नगर्नु पर्ने के कारण छ । कानुन सम्मत काम भइसकेपछि त्यसमा धेरै टाउको दुखाउनुपर्ने के कारण छ र । कुन व्यापारीलाई चाहिएको थियो, कसले पायो भनेतिर जानुपर्ने जरुरी भएन नि । कानुन सम्मत नभएर भ्रष्टाचार भएको छ भने त्यसको छानविन गर्ने निकाय छँदैछ, त्यसले कारबाही गरिहाल्छ । यसमा ‘म ललिता निवासको जग्गा चाहीं तैं चुप, मैं चुप भएर खाइरहेको बेलामा हामीले एउटा कार्यदल बनायौं । त्यो अहिले अख्तियारमा मुद्दा चलिरहेको छ । प्रधानमन्त्रीले नै खायो भनेर गोयबल्स शैलीमा प्रचार गरिएको छ । ट्रष्ट जग्गा पनि प्रधानमन्त्रीले विहानै उठेर खुरुखुरु टिको लगाए दिएको जस्तो प्रचार गरिएको छ ।
गोकर्ण रिसोटको अभैm ६ समय बाँकी हुँदाहुँदै अहिले नै किन म्याद किन थप्नुपर्यो ?
यो राजाकै पालामा लिजमा गएको हो । यसमा समय सकिएपछि फेरि लिजमा दिन पनि सकिन्छ खारेज गर्न पनि सकिन्छ भनिएको छ । उसले प्रोपटी बढाउँछ र नेपाललाई फाइदा हुन्छ भने किन नदिने भनेर रिन्यू गरियो । अब आज गरेपनि भोलि गरेपनि गर्ने नै भएपछि हामीलाई अहिले नै गर्नु मन लाग्यो गरियो ।
समय बाँकी हुँदाहुँदै गर्नुको रहस्या के हो भन्ने प्रश्न छन् नि ?
उसले प्रोपटी बढाउन चाह्यो । त्यही हुनाले गरिदिए हुन्छ भनेर गरेको त्यसमा अरु रहश्य के छर । सम्झौता सकिन आँटेपछि लगानी गर्न बैंकले ऋण दिँदैन । त्यसैले लामो समयको लागि रिन्यू गरिएको हो ।
यति समूहलाई अरु ठाउँमा पनि धमाधम दिनुभएको छ ?
त्यो त पहिला दिनेहरुलाई सोध्नुपर्छ ।
यति समूहसँग त प्रधानमन्त्रीको पनि नाम जोडिएको छ नि ?
किन जोडेको त ? मेरो पनि प्रश्न त्यही हो । पहिला दिनेले किन दिए ? अहिले दिनु हुन्छ कि हुँदैन पछि छलफल होला ।
धरान, लुम्बिनी र पोखरामा पनि दिइएको छ नि ?
पहिलाका सरकारहरुले किन दिए त ? उनीहरुलाई सोध्नुपर्छ । उनीहरुले के भन्छन्, अनि हामी जवाफ दिउँला ।
सभामुख चयनमा अभैm निर्णय भएन नि ?
अब छिट्टै होला ।
कहिलेसम्म हुन्छ ?
यो अहिले फरक ढंगले एक्कासी आयो । भइराखेको सभामुखमा नैतिकतासँग जोडिएको काण्ड आयो । सभामुख हिडिसकेपछि उपसभामुख पनि नयाँ चयन गर्नुपर्ने भयो । यसमा एउटाले गल्ती गर्ने अर्कोको जागिर जाने स्थिति हुन आयो । त्यसलाई ब्यालेन्स गर्न पनि नेताहरुबीच छलफल भइरहेको छ । नेकपाले सभामुख छोड्दैन । त्यसको लागि उपसभामुखले छोड्नुपर्छ । सभामुखले गल्ती गर्दा उपसभामुख दण्डित हुनुर्ने अवस्था छ ।
१६ गतेसम्म टुंगिन्छ ?
आशा गरौं ।
ऊखु किसानको समस्या समाधान गर्न तपाईंहरुले किन चाहनुभएन ?
यो कृषिमन्त्रीलाई सोध्ने हो । उहाँले त्यसमा डिलिङ गरिरहनु भएको होला । त्यसैले बीचमा बोल्नु राम्रो हुँदैन । यसको बारेमा बुझ्ने नै मन्त्रीजी आउनुभएको उहाँले हल गर्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्