Logo

डेढ किलो सुनसहित भारतीय नागरिक विमानस्थलमा पक्राउ



काठमाडौं, १८ पौष । अवैध सुनसहित दुईजना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा गेटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन १ किलो ६ ग्राम सहित पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा मोहम्मद कसिफ र मोहम्मद मुसरफिन रहेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएका कसिफलाई अर्धठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका मुसरफिनलाई अर्धठोस सुन २ सय ६८ ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्