काठमाडौं, १८ पुष । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अदालतले एयरपोर्ट बन्ने वा नबन्ने अवस्था समेत हेर्ने बताएका छन् । उनले निजगढ विमानस्थल बन्नेरनबन्नेबारे अदालतले विचार गर्ने बताए । आज (शुक्रबार) सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले अदालतले एयरपोर्ट बन्ने वा नबन्ने अवस्था समेत हेर्ने बताए। प्रधानन्यायाधीश जबराले भने,‘एयरपोर्ट बन्ने निश्चित छरछैन, हेर्छ, वनस्पति कति नष्ट हुने हुन् त्यो पनि हेर्छ। त्यही ठाउँमा त्यति नष्ट गर्नुपर्ने अवस्था छरछैन, हेर्छ, यी लगायतका समग्र कुरा निवेदनको माग अनुसार विचार गर्छौं। सरकारले बनाएको योजना र निवेदन दाबीको अध्ययन गर्छौं।’
प्रधानन्यायाधीश जबराले एनसेल प्रकरणमा आएका फैसलामा कतैपनि द्धिविधा नभएको जिकिर गरे । उल्टै उनले आयकर ऐन पढ्न सुझाए । जबराले अदालतमा न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप नरहेको दाबी गरे । यद्यपी न्यायाधीशहरूको पदावधि बाँकी रहकै बेला रिक्त हुनुअघि नै न्यायाधीश नियुक्त गरिएको विषयमा सोधिएको प्रश्नमा जवाफ दिएनन्। file photo