Logo

राष्ट्रियसभा सदस्य निर्वाचन : यी हुन् कांग्रेस उम्मेदवार (नामसहित)



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

आगामी माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ। प्रदेश नम्बर १ : पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)/ सुनसरीकी मीना पुलामी मगर (महिला), झापाका राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २ : महोत्तरीकी नगिना यादव (महिला), धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता)/प्रदेश नम्बर ३ : सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)/ चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश : स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)/ म्याग्दीकी विमला गौचन (महिला), प्रदेश नम्बर ५ : अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)/ दाङकी गिरिजा न्यौपाने (महिला), बाँकेकी मेराज हलवाई (अल्पसंख्यकरअपाङ्गता)

सुदुरपश्चिम प्रदेश : बैतडीका प्रताप ठगुन्ना (अन्य)/ कैलालीकी तुलसी देवकोटा (महिला)



प्रतिक्रिया दिनुहोस्