Logo

यी हुन् काँग्रेसका राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु



काठमाडौं, १९ पौष । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले उम्मेदवार छानेको हो ।

संस्थापनपक्ष नबसेको बैठकमा पदाधिकारी बसेर उम्मेदवार चयन गरेको हो ।
राष्ट्रियसभा उम्मेदवारहरु

प्रदेश १

निरबहादुर विश्वकर्मा (पाँचथर)- दलित
मिना पुलामी मगर (सुनसरी)- महिला
राजेन्द्र घिमिरे (झापा)- अन्य

प्रदेश २

नगिना यादव (महोत्तरी)- महिला
भोला पन्जियार (धनुषा)- अल्पसंख्यकरअपाङ्गता

प्रदेश ३

हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)- अन्य
छलीकुमारी शर्मा उपाध्याय (चितवन)- महिला

गण्डकी प्रदेश

सूर्यप्रसाद रेग्मी (स्याङ्जा)- अन्य
विमला गौचन (म्याग्दी)- महिला

प्रदेश ५

बालकृष्ण पाण्डे (अर्घाखाँची)- अन्य
गिरिजा न्यौपाने (दाङ)- महिला
मेराज हलवाई (बाँके)- अल्पसंख्यकरअपाङ्गता

क‍र्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत)- अन्य
सावित्री पौडेल (सुर्खेत)- महिला

सुदूरपश्चिम प्रदेशमा

प्रताप ठगुन्ना (बैतडी)- अन्य
तुलसी देवकोटा (कैलाली)- महिला



प्रतिक्रिया दिनुहोस्