Logo

६० वर्षभन्दा कम उमेरमा पेन्सन दिन सकिँदैनः ज्ञवाली



काठमाडौं,पुस २१ । सरकारले मजदुर कर्मचारीको हित हुने व्यापक प्रचार गरेर ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तर्गत पेन्सन र उपदान लिन ६० वर्ष पार गर्नुपर्नेव्यवस्था व्यवहारिक नभएको भन्दै आलोचना भएका बेलाकोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उमेर घटाउन नसकिने प्रस्ट पारेका छन्।

कार्यकारी निर्देशक ज्ञवालीले सुरक्षा योजनामा योगदान गरेका श्रमिकको उमेर ६० वर्ष काटेपछिमात्र उपदान रपेन्सन दिनेअहिलेको व्यवस्था नै उपयुक्त भएको बताए। ‘बरु योगदानकर्तालाई अहिले प्रस्ताव गरिएको पेन्सन र उपदानको सुविधामा केही वृद्धि गर्न सकिन्छ कि भनेर बिमांकीसँग छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘सुविधा पाउने उमेरलाई ६० वर्षभन्दा तल झार्ने अवस्था छैन।’

वित्तीय संघ–संस्थालगायत अन्य क्षेत्रमा काम गर्ने मजदुर कर्मचारी र अर्थशास्त्रीहरुले उपदान र पेन्सन पाउन ६० वर्ष उमेर हुनुपर्ने सुरक्षा योजनाको ‘स्किम’ व्यवहारिक नभएको आरोप लगाउँदै आएका छन्। यस्तै योजनामा सहभागी हुनेले लगानी गरे अनुसार प्रतिफल पाउने व्यवस्था नभएको भन्ने अर्को आरोप पनि लाग्दै आएको छ। कार्यकारी निर्देशक ज्ञवाली भने योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अन्य योजनालाई तुलना गर्न नमिल्ने तर्क गर्छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्