Logo

सानेपामा पौडेल पक्षधर जिल्ला सभापतिको भेला



काठमाडौं, २१ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । पार्टी मुख्यालाय सानेपामा १ बजे सुरु भएको भेलामा ४० भन्दा बढि जिल्ला सभापति सहभागी रहेको एक नेताले जानकारी दिए ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्‍त्री सशांक कोइराला, प्रकाशमानसिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसीलगायतका नेताहरु सहभागी छन्। त्यसैगरी चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डेलगायतका युवा नेताहरु पनि भेलामा भाग लिएका छन्।



प्रतिक्रिया दिनुहोस्