Logo

लाभका लागि गुट बदल्दै हिंडेका काँग्रेस केन्द्रीय नेताहरु



काठमाडौं, २३ पौष । नेपाली काँग्रेसभित्र यतिबेला गुटबदल चर्चामा छ । सभापति शेरबहादुर देउवालाई छाडेर हिंडेकाहरु फेरि गुट बदल्न पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका भनी लामो समययता परिचित केही नेताहरु देउवाको गुटमा पुगेका छन् ।

पौडेल गुटका केन्द्रिय सदस्य डा. नारायण खड्का, चिनकाजी श्रेण्ठ र गोबिन्द भट्टराई सानेपामा बसेका केन्द्रिय कार्यसमिति बैठकमा सहभागी भएका थिए । सिटौला गुटका भएपनि सभापति देउवाले केन्द्रिय समितिमा मनोनित गरेका केन्द्रिय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाई पनि बिहिवारको बैठकमा उपस्थित भएका थिए ।

उमाकान्त चौधरी नेविसंघबाट राजनीति शुरु गर्दै नेपाल तरुण दलको केन्द्रिय सदस्य हुदै २०५६ सालमा नेपाली काग्रेसबाट देउवा अलग ह्दाँ उनी त्यतै लागेका थिए । पछि देउवा नेतृत्वको नेपाली काग्रेस प्रजातान्त्रिकमा विजयकुमार गच्छदारको गुट खडा गर्दा उनी उतै लागे तर गच्छदारले काग्रेस छोडेपछि भने देउवासंगै नेपाली काँग्रेसमा आए । २०७२ सालको १३ औ महाधिवेशनमा सिटौला नेतृत्वको तेश्रो समुहमा उनले कोषाध्यक्ष पदमा उम्मेदार लडेका थिए ।
अर्का हुमागाई पनि १३ औ महाधिवेशनमा सिटौला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदार भएर पराजित भएका थिए । उनलाई सिटौलाकै सिफरिसमा सभापति देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् ।

बाहिर आफुले गुट परिर्वतन गरेको भनेर ओपचारिक रुपमा नभनेका आनन्दप्रसाद ढुंगाना हालैको बैठकमा कोइराला परिवारका सदस्यबाट टाढाभएपछि संस्थापन पक्षमा नै गएको आशंका गरिएको छ । सुशिल कोइराला पार्टी सभापति हुदाँ संगठन विभाग प्रमुख भएका ढुंगाना देउवा सभापति हुँदा समेत संगठन विभाग पाउने आशंका सस्थापन पक्षमा लागेको धेरैले अनुमान गरेका छन् ।

नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि देउवाको नजिक पुगेका छन् । उनी महामन्त्री डा. सशांक कोइराला निकट मानिन्थे । भट्टराई केन्द्रीय कमिटि बैठकमा सहभागी भएका थिए ।-नयाँ विकल्प साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्