Logo

कांग्रेस कहल मिलाउन निधि, सिंह र सिटौलाबीच छलफल



काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र विवाद समाधानको लागि तीन समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार विहान पार्टी मुख्यालय सानेपामा नेतात्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाबीच भएको छलफल विवाद समाधानउन्मुख रहेको बुझिएको छ ।

नेता सिंहका सहयोगी तथा नेविसंघ नेता युपी लामिछानेले नेता त्रयबीच भएको भेटवार्ताको तस्विर बाहिर ल्याएका छन् । उनले आफ्नो फेशबुकमा यस्तो लेखेका छन्,‘पार्टीभित्रको आनतरिक समस्या समाधानका लागि आज नेताहरुबीच पार्टी अफिस सानेपामा छलफल सम्पन भएको छ । उक्त छलफल सकारात्मक रहेको र छिटै सहमति निर्माण हुनेगरि छलफल अगाडि बढेको नेताहरुले बताएका छन् ।’



प्रतिक्रिया दिनुहोस्