काठमाडौं, माघ ७ । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौंसहित देशभरको मौसममा आजदेखि सुधार हुँदै जाने भएको छ । । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम सामान्य रहने जनाएको छ ।
पश्चिमी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको रहेको पनि महाशाखाद्वारा जारी सुचनामा उल्लेख छ । मंगलबार राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ।
त्यस्तै उच्च हिमाली भेगमा हिमपातको सम्भावना बढ्न सक्ने पनि जनाइएको छ । त्यस्तै, बुधबार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ। तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले अनुमान गरेको छ ।
बुधबार राती भने मौसम सामान्यतया सफा रहने छ भने बिहिबार दिउँसोसम्म मौसममा पूर्ण सुधार हुने उल्लेख छ । देशका अधिकांश भू–भागमा सामान्य बदली रहेकाले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई महाशाखाले अनुरोध समेत गरेको छ।